०४ साउन २०८३, सोमबार

विश्वकै होचा खगेन्द्र थापामगरको २८ वर्षको उमेरमा निधन

विश्वकै होचा खगेन्द्र थापामगरको २८ वर्षको उमेरमा निधन

विश्वकै होचा व्यक्तिका रूपमा गिनिज बूकमा कीर्तिमानी नाम राखेका खगेन्द्र थापामगरको निधन भएको छ ।

शुक्रवार दिउँसो पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारार्थ रहेका थापामगरको निधन भएको हो ।

उनी २८ वर्षका थिए । उनलाई बिहीवार राति अस्पतालमा भर्ना गरिएको अस्पतालले जनाएको छ । खगेन्द्रमा मुटुको समस्या थियो ।

बाग्लुङमा जन्मेका खगेन्द्र जम्मा ५७ सेन्टिमिटरका थिए । उनले २०६७ साल असोज २८ गते विश्वकै होचा व्यक्तिका रूपमा किर्तिमान कायम गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्