२८ असार २०८३, आइतबार

सभामुखको उम्मेदवारीबारे जनार्दन शर्माले खोले मुख

सभामुखको उम्मेदवारीबारे जनार्दन शर्माले खोले मुख

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता जनार्दन शर्माले आफूले सभामुखको दाबी नगरेको प्रष्ट पारेका छन् ।

सम्भावित सभामुखका रूपमा सञ्चारमाध्यमहरूमा उनको नाम आएपछि उनले सामाजिक सञ्जाल फेसबूकमा लेख्दै आफ्नो दाबी नरहेको बताएका हुन् ।

शुक्रवार साँझ फेसबूकमा लेख्दै शर्माले भनेका छन्, ‘सभामुखको विषयले संसद चल्न नसकिरहेको अवस्थामा छिटो टुङ्ग्याउनका लागि नेताहरूबीचमा सहजीकरणको भूमिकामा लागेको साँचो हो तर म आफै सभामुख हुनका लागि होइन र दाबी पनि छैन ।’

नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओली दुवैले सभामुखमा आफूनिकट नेताहरू ल्याउन शक्तिसंघर्षमा उत्रिएका छन् । पुस ४ गतेदेखि बोलाइएको प्रतिनिधिसभा निरन्तर स्थगनको मारमा परेको छ ।

salt training

कमेन्ट गर्नुहोस्