
रोडा, ढुंगा तथा बालुवा चोरी निकासी र अवैध क्रसर उद्योग सञ्चालनमा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका नेता, कार्यकर्ता र प्रहरीद्वारा आरोपित गुण्डाको संलग्नता बढ्दै गएको छ ।
सोही कारण यस्ता उद्योग व्यवसायविरुद्ध आवाज उठाउनेहरू असुरक्षित हुन थालेका छन् ।
यस्तो अबैध उद्योग कारोबार गुण्डागर्दी र अपराधीकरणको मुहान नै बनेको छ । गोरखापत्र दैनिकमा खबर छ ।