२९ जेठ २०८३, शुक्रबार

राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान अष्ट्रेलियाका कोषाध्यक्षलाई  ‘ब्लड क्यान्सर’, सहयोगका लागि अपिल

राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान अष्ट्रेलियाका कोषाध्यक्षलाई  ‘ब्लड क्यान्सर’, सहयोगका लागि अपिल

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल अष्ट्रेलियाका  कोषाध्यक्षलाई अर्जुन तिमिल्सिनालाई  ‘ब्लड क्यान्सर’ देखिएको छ ।

पोखरा स्थायी घर भई अष्ट्रेलियामा ३ बर्षदेखि बस्दै आएका तिमिल्सिनालाई ‘ब्लड क्यान्सर’ भएको हो ।

 तिमल्सिनालाई अस्पतालमा भर्ना गरि किमो दिन थालिएको छ । चिकित्सकले ३ महिनामा बोनम्यारो प्रत्यारोपण गर्न सुझाव दिएका छन्। 

प्रतिष्ठान अष्ट्रेलियाका अध्यक्ष गोविन्द भट्टराईले उनलाई सबैले सक्दो आर्थिक सहयोग गर्न आग्रह गरे।

बोनम्यारो प्रत्यारोपण गर्न कम्तिमा पनि ३ लाख डलर खर्च हुने चिकित्सकले जानकारी दिएका छन् । बोनम्यारो प्रत्यारोपणका लागि परिक्षण गर्न नेपालबाट अर्जुनका भाई समेत अष्ट्रेलिया पुगेका छन् । उपचारका लागि ठुलो रकम लाग्ने भएपछि तिमिल्सिना परिवार यतिखेर निकै संकट छ । 

‘भर्खरै जन्मिएको बच्चालाई राम्रोसँग हेर्न पनि नपाउदै हस्पिटलमा भर्ना भएको छु । सबैले मलाई सहयोग गर्नुभयोभने मेरो जीवन जोगिन सक्छ । सबै सहयोगी मनहरुलाई मेरो प्राणरक्षाको लागि अपिल गर्न चाहन्छु,’ पीडित तिमिल्सिनाले बताए। 

उनको उपचारार्थ आर्थिक रकम संकलन सुरु गरिएको छ ।  बैंक खातामा वा 'गो फन्ड मी'बाट आर्थिक सहयोग गर्न सकिन्छ । 

उनलाई आर्थिक सहयोग गर्न चाहने सहयोगी मनहरुले यस linkमा गएर सहयोग गर्न सक्नेछन् ।  

कमेन्ट गर्नुहोस्