१५ असार २०८३, सोमबार

डायलाइसिस गर्दै, काममा खटिँदै प्रधानमन्त्री

माघ ५, २०७६
डायलाइसिस गर्दै, काममा खटिँदै प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले जीवनरक्षक विधि मानिएको डायलाइसिस प्रक्रिया जारी राख्दै मुलुकका महत्वपूर्ण नीतिगत तथा प्रशासनिक कार्य गर्दै आएका छन् ।

१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको नियमित डायलाइसिस हुँदै आए पनि महत्वपूर्ण बैठक र प्रशासनिक कामलाई अड्काएका छैनन् । मन्त्रिपरिषद् बैठकका निर्णयदेखि पार्टीका महत्वपूर्ण बैठकमा समेत सहभागी भएर प्रधानमन्त्रीले आफ्नो सक्रियता बढाउँदै आएका छन् ।

प्रधानमन्त्री ओली शनिबार पनि डायलाइसिसका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेका थिए । डायलाइसिस गरेर बालुवाटार फर्केलगत्तै उनी पुनः प्रशासनिक कार्यमा सक्रिय हुने गरेका छन् । प्रधानमन्त्री ओली गत कात्तिकदेखि नियमित डायलाइसिसमा छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीले डायलाइसिस गर्दै आफ्नो नियमित कार्यलाई अगाडि बढाउँदै आइरहनुभएको बताए । प्रेस सल्लाहकार थापाले प्रधानमन्त्रीले निवासमा बसेर नियमित रूपमा नै महत्वपूर्ण कार्य गर्नुभएको जानकारी दिए । तत्काल प्रधानमन्त्रीको मिर्गाैला प्रत्यारोपणको कुनै योजना नबनेको थापाले बताए ।

प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दिव्यासिंह शाहले प्रधानमन्त्रीको नियमित डायलाइसिस भइरहेको बताइन् । प्रधानमन्त्री केपी शर्मा ओली शनिबार नियमित डायलाइसिसका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेका थिए ।

डायलाइसिस गराइरहेका प्रधानमन्त्री ओलीलाई धपेडी नगर्न र भिडभाडमा नजान चिकित्सकले सुझाव दिँदै आएका छन् । मिर्गौला रोग विशेषज्ञ डा. ऋषि काफ्लेका अनुसार मृगौला प्रत्यारोपण नहुँदासम्म नियमित डायलाइसिस गर्नुपर्ने हुन्छ । उनले भने, ‘प्रधानमन्त्रीज्यूको मृगौला प्रत्यारोपण नहुँदासम्म नियमित डायलाइसिस गर्नुपर्छ ।’

प्रधानमन्त्री ओली गत १८ साउनमा स्वास्थ्य परीक्षणका क्रममा सिंगापुर पुगेर प्लाज्माफेरोसिस प्रक्रियामार्फत उपचार गराएका थिए । प्लाज्माफेरेसिसले काम नगरेपछि ओलीले डायलाइसिस रोजेका छन् । २०६४ सालमा ओलीको भारतको ओपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

के हो डायलाइसिस ?

मिर्गौला रोग विशेषज्ञहरूका अनुसार कुनै कारणवश अचानक वा दीर्घ रूपमा शरीरको मिर्गाैलाले काम गर्न छाडेको अवस्थामा शरीरमा जम्मा हुन पुग्ने विकारजन्य पदार्थलाई मेसिनको सहायताले शरीरबाट बाहिर निकाल्ने प्रक्रिया डायलाइसिस हो ।

डायलाइसिस मेसिनले शरिरभत्रबाट रगतलाई पम्प गरेर रगतका ट्युबमार्फत् डायलाइजरमा पुर्‍याइन्छ । यसो गर्दा शरीरबाट बाहिर आएको रगतलाई जम्न नदिन हेपारिन वा निरन्तर सलानी दिइन्छ । मिर्गौलाले काम गर्न छाड्दा शरीरमा विषालु पदार्थ, अत्यधिक पानी र पोटासियमजन्य नुन जम्मा हुन्छन् । चिकित्सकहरूका अनुसार शरीरमा जम्मा भएको विषालु र अन्य अनावश्यक तŒव छानेर फाल्ने जीवनरक्षक विधि डायलाइसिस हो । राजधानी दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्