१३ असार २०८३, शनिबार

पहिरोले राजमार्ग अवरुद्ध

पहिरोले राजमार्ग अवरुद्ध
फाइल तस्वीर

अमरगढी नगरपालिका–६ को भालुमारेमा आइतवार बिहान आएको पहिरोसँगै रुख ढलेपछि दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ ।

अवरुद्ध राजमार्ग खुलाउन नगरपालिकाको स्काभेटर भालुमारेतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले बताए । 

उनका अनुसार मोटरसाइकल, जीप, कारलगायतका साना सवारी साधन चलिरहे पनि बस र ट्रकलगायतका ठूला सवारीसाधन रोकिएका छन् । लगातारको वर्षा र हिमपातपछिको पहिराले तीन जिल्ला बैतडी, बझाङ र दार्चुलादेखि आउने तथा जाने सवारी सञ्चालनमा समस्या भएको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्