०७ असार २०८३, आइतबार

‘सशस्त्र’ कुखुरोले मार्‍यो मान्छे !

‘सशस्त्र’ कुखुरोले मार्‍यो मान्छे !

भारतको आन्ध्र प्रदेशमा भालेभिडन्त चलिरहँदा एउटा कुखुरोमा बाँधिएको तीखो ब्लेड लागेर एकजनाको मृत्यु भएको छ ।

भालेभिडन्त पश्चिम गोदावरीमा रहेको प्रगदावरम गाउँमा भएको हो । भारतको सर्वोच्च अदालतले कुखुरो जुधाइमा प्रतिबन्ध लगाएको भए पनि यो अभ्यास कायम छ ।

भालेजुधाइ आयोजकहरूले कुखुरोको खुट्टामा तीखो ब्लेड बाँधेको प्रहरीले जनायो । 

आयोजकमध्येको एकले कुखुरोलाई हातमा लिएको र लडाइँमा पठाउनका लागि तयार पारेको बेलामा घटना भएको हो । 

कुखुरो ती व्यक्तिको हातबाट अचानक छुटेपछि ब्लेडले एकजना दर्शकको पेट गहिरो गरी काटेको थियो । 

मारिने व्यक्तिको नाम सारीपल्ली वेंकटेश्वर राव हो र उनी ५५ वर्षका भए । 

मकर संक्रान्तिका दिन भालेजुधाइ गराउने गरिन्छ । सर्वोच्च अदालतको प्रतिबन्धलाई अवज्ञा गर्दै पूर्वी र पश्चिमी गोदावरीमा भाले जुधाउने गरिएको छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्