
बोस्निया यान्ड हर्जगोभिनामा गत सेप्टेम्बर ६ मा खिचिएको एक भिडियोमा खैरो भालु मज्जाले नाचेको देखिन्छ ।
आत्मविश्वासी भालु यताउता हल्लिएको अनि आफ्ना मुभहरू पर्यटकलाई देखाइरहेको देखिन्छ ।
उसले उभिएर गोडा हल्लाएको अनि अगाडि र पछाडि कममर लच्काएको देख्न पाइन्छ ।
काठको टेबलमा हात अड्याएर ऊ नाचिरहन्छ ।
उक्त भालुले नाच्न र मानिसहरूसँग घुलमिल गर्न सिकेको त्यसलाई हेरचाह गर्नेहरूले बताए ।
खैरो भालु २५ देखि ३० वर्षसम्म बाँच्छन् तर कुपोषणका कारण युरोपमा धेरैजसो भालु ६ वर्षभन्दा बढी बाँच्दैनन् ।
चारै खुट्टा टेक्दा खैरो भालु लगभग पाँच फीटका हुन्छन् तर पछाडिका खुट्टा टेकेर उभिँदा लगभग १० फीट पुग्छन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।
एजेन्सी