
नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले राजीनामा दिएका छन् ।
खरेलले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई भेटेर आइतवार राजीनामा बुझाएका हुन् ।
निगमको बढ्दो घाटा, हालसालै किनिएका वाइडबडी विमानका लागि उपयुक्त गन्तव्य खोज्न नसक्नु लगायतका कारणले अध्यक्ष खरेलमाथि दबाब थियो ।
निगमले जापानको ओशाका उडान शुरू गरेपनि निरन्तर घाटामा उडिरहेको अवस्था छ ।
ओसाका उडान असफल हुनुमा अध्यक्ष खरेल मुख्य कारण रहेको आरोप लाग्ने गरेको छ ।
पढ्नुहोस्, यो पनि :
वायु सेवा निगम डुबाउने खेलमा अध्यक्ष खरेल, जापानी आकाशमा पनि कालोसूचीमा पर्ने खतरा !