
सरकारले चालु आर्थिक वर्षमा मुद्रास्फिती (मूल्यवृद्धि) साढे ६ प्रतिशतमा सीमित गर्ने लक्ष्य लिए पनि काबुभन्दा बाहिर जाने देखिएको छ।
आर्थिक वर्षको पहिलो महिना (साउन) देखि नै उकालो लागेको मूल्यवृद्धि थामिएको छैन।
नेपाल राष्ट्र बैंकका अनुसार ५ महिनामा उपभोक्तातर्फको मूल्यवृद्धि ६.५५ प्रतिशतले बढेको छ। चार महिना अवधिमा मूल्यवृद्धि ५.७६ प्रतिशत थियो।
यो पाँच महिनामा गत वर्ष ३.७१ प्रतिशत मात्रै महँगी थियो।
राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार पाँच महिनामा खाद्य तथा पेय पदार्थ समूहमा ९.७६ प्रतिशत र गैरखाद्य तथा सेवा समूहमा ४.१० प्रतिशत महँगी बढेको छ।
महँगीले सबैभन्दा बढी काठामाडौँलाई छोएको छ। पाँच महिनमा उपत्यकामा ७.६० प्रतिशत, तराईमा ६.६६ प्रतिशत, पहाडमा ५.२७ प्रतिशत र हिमालमा ४.८३ प्रतिशतले मूल्य बढेको छ।