१३ असार २०८३, शनिबार

यी बलिउड नायिकाकाे सुन्दरताकाे राज

यी बलिउड नायिकाकाे सुन्दरताकाे राज

फिटनेशमा बलिउडका नायिकाहरु निकै ध्यान दिने गर्दछन् । उनीहरु फिट हुनका लागि जे सुकै उपाय अबलम्बन गर्न पनि पदैनन्।

बलिउडका प्राय अभिनेत्रीको दिनको सुरुवात योगाबाट हुने गरेको छ। जसका कारण पनि उनीहरु सबैको प्रिय बन्न सफल छन् । आज हामी योग रुचाउने बलिउड अभिनेत्रीबारे चर्चा गर्दैछौं ।

अभिनेत्री करीना कपुर एक बच्चाको आमा बनेपछि पनि आफ्नो पुरानो शेपमा फर्किएकी छन्। उनले यसको श्रेय योगालाई दिने गरेकी छन्। उनी योग गर्दैगर्दै समेत आकर्षक देखिने तस्बिरबाट अनुमान लगाउन सकिन्छ ।

यस्तै श्रीलंकाकी सुन्दरी ज्याकलिन पनि अलग अलग स्टाइलमा योग गर्दै गर्दा देखिने गरेकी छन् । उनको योगमा स्टाइल समेत बलिउडमा पपुलर रहेको छ । केही समय पहिले उनी बिभिन्न नयाँ स्टाइलका योग सहित देखिएकी थिइन् ।

अभिनेत्री सन्नी पनि निकै सुन्दर रहेकी छन् । आफ्नो सुन्दरताको पुरै श्रेय उनी योगलाई दिने गर्दछिन् । उनका योग तस्बिर पनि निकै आकर्षक हुने गरेका छन् ।

पछिल्लो केही समययता रानी मुखर्जीको फिल्मी यात्रा राम्रो चलेको छैन । अहिले उनी आफ्नो फिटनेशमा लागि परेकी छिन् । यसका लागि उनले ट्रेनरको मद्दत पनि लिएकी छन् । उनी पनि योगमा रमाउने गर्दछिन् । आफुलाई फिट बनाएर छिट्टै अभिनयमा उनी फर्किएको आस गर्न सकिन्छ ।

योगको कुरा गर्दा सबैभन्दा अगाडि अभिनेत्री शिल्पा सेट्टीको नाम छुटाउनै नहुने नाम हो । आफ्नो फिटनेशको पुरै श्रेय उनी योगलाई नै दिने गर्दछिन् । यसो त मलाईका अरोडा पनि योगा रुचाउँछिन् । उमेर घर्किसकेको भएपनि पनि उनी फिटनेशको कारणले सुन्दरताको मामलामा नव अभिनेत्रीलाई टक्कर दिन सक्दछिन् ।

salt training

कमेन्ट गर्नुहोस्