
बेलायती राजकुमार ह्यारी र उनकी श्रीमती मेगनले शाही उपाधि परित्याग गरेको औपचारिक निर्णय भएको छ ।
बेलायती राजदरबार बकिङघम प्यालेसको बैठकले उनीहरूको आग्रहअनुसार शाही उपाधि परित्याग गर्ने घोषणालाई औपचारिकता दिएको हो ।
ह्यारी दम्पतीले केही दिन अगाडि शाही उपाधि त्यागेर छुट्टै सार्वजनिक जीवन बिताउने र सामाजिक सेवाको काम गर्ने घोषणा गरेका थिए । गोरखापत्र दैनिकमा खबर छ ।