२८ जेठ २०८३, बिहीबार

अग्निपीडितलाई सहयोग जुटाउन नग्न तस्वीर, भाइरल भइन् यी मोडल

माघ ६, २०७६
अग्निपीडितलाई सहयोग जुटाउन नग्न तस्वीर, भाइरल भइन् यी मोडल

अस्ट्रेलियाको जंगलमा लागेको आगोले पूरा विश्वको ध्यान खिचेको छ । विश्वका जोसुकै व्यक्ति आफ्नो तर्फबाट अग्निपीडितका लागि केही न केही सहगोग गर्न खोजिरहेका छन् । यस्तैमा केही व्यक्तिले निकै ठूलो रकम सहयोग पनि गरेका छन् ।

यसैबीच, एक मोडलले अग्निपीडितको मद्दत गर्न अनौठो तरिका प्रयोग गरेकी छन् । यो तरिकाबाट उनले आठ करोड रुपैयाँको फन्ड जुुटाएकी छन् । कैलेन वार्ड नामकी मोडलले यो तरिकाबाट यति रकम जम्मा पारेकी हुन् ।

कैलेनले हालै सोसल मिडियामा लेखिन्, ‘जसले मलाई १० डलर (सात सय भारु) या योभन्दा धेरै डोनेसन दिन्छ उसलाई म आफ्नो न्युड सेल्फी (नांगो फोटो) पठाउनेछु ।’ इन्स्टाग्राम र ट्विटरमा खबर आगो झैं फैलियो । कैलनको यो पोस्ट भाइरल हुँदै गयो । यसको साथै कैलनलाई डोनेसनको ओइरो पनि लाग्न थाल्यो । तर न्युड तस्बिर सेयर गरेपछि इन्स्टाग्रामले उनको अकाउन्ट ब्लक गरिदिएको छ ।  अन्नपूर्ण पोस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्