
प्रहरीले लागूऔषधसहित ३ युवकलाई पक्राउ गरेको छ ।
प्रहरीचौकी कचनारीबाट खटिएको गस्ती टोलीले सिरहाको बरियारपट्टी गाउँपालिका–१ बडहरीबाट लक्ष्मीपुरपतारी गाउँपालिका ५ पथरगढा निवासी २० वर्षीय बलजित दास, लहान नगरपालिका २३ निवासी १८ वर्षीय इन्द्रजित सहनीलाई आइतवार पक्राउ गरेको हो ।
स३प ७९६८ लाई चेकजाँच गर्ने क्रममा लागुऔषध बरामद भएपछि मोटरसाइकलमा सवार ती दुवैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । पक्राउ परेका दुवैको साथबाट नाइट्रोभेट ३ ट्याब्लेट समेत बरामद गरिएको छ ।
सिरहाकै मिर्चैया नगरपालिका–६ कटारीचौकबाट प्रहरीले डिलेक्स डिसी १०० एमएलको १३ बोतल लागूऔषधसहित स्थानीय २४ वर्षीय अशोककुमार साहलाई पक्राउ गरेको छ ।