काठमाडौं, ६ पुस- नेपाल आयल निगमले खाना पकाउने एलपीजी ग्यासमा पनि स्वचालित (अटोप्राइस) मूल्य लागू गर्ने भएको छ । डिजेल, पेट्रोल र हवाई इन्धनमा तीन वर्ष अघिदेखि नै लागू भएको स्वचालित मूल्य अब ग्यासमा पनि लागू गर्न लागिएको आजको कारोबारले खबर छापेको छ |

निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले ग्यासमा स्वचालित मूल्य लागू गर्ने तयारी भइरहेको बताए ।
स्वचालित मूल्य लागू भए अन्तरराष्ट्रिय बजारमा ग्यासको मूल्य घट्दा घट्ने र बढ्दा बढ्ने हुन्छ । स्थानीय बजारमा पनि निगमले सोहीअनुसार मूल्य निर्धारण गर्नेछ । स्वचालित मूल्य लागू गरेसँगै अब उपभोक्ताले अन्तरराष्ट्रिय बजार मूल्यअनुसार ग्यास खरिद गर्नुपर्ने हुन्छ ।