![संघीयता फेल हुँदैन, औचित्य पुष्टि गर्नेगरी काम गरिरहेका छौं : सुदर्शन बराल [भिडियो अन्तर्वार्ता]](https://lktcdn2.prixacdn.net/media/Sudarshan_Baral_j7Rc3mxfW1.png)
नयाँ संविधानले गरेको व्यवस्थाअनुसार नेपालमा प्रदेश सभाको निर्वाचन भएर प्रदेश सभा तथा प्रदेश सरकार गठन भएको दुई वर्ष पुग्न लाग्यो ।
दुई वर्षको अवधिमा पनि प्रदेशहरूले जनताको मन जित्ने काम गर्न नसकेको जनगुनासो सुनिन्छ ।
प्रदेश सरकारहरूले जनताको मन जित्न किन सकेनन् ?
लोकान्तर डटकमको ‘लोकान्तर शो’मा नेकपाका प्रभावशाली युवा नेता एवं प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले आफूहरू संघीयताको औचित्य पुष्टि गर्न लागिपरेको दाबी गर्छन् ।
केन्द्र या स्थानीय सरकारको चर्चा भएपनि किन प्रदेश सरकारले जनताको भावनाअनुसार काम गर्न सकेनन्, अर्कोपटक प्रदेश सभाका लागि चुनाव गर्नुपर्ला कि नपर्ला ? यी यस्तै प्रश्नको जवाफका लागि हेर्नुहोस्, भिडियो अन्तर्वार्ता :