०९ साउन २०८३, शनिबार

भारतीय कांग्रेसका नेता राहुल गान्धी जब महिला शौचालय छिरे

भारतीय कांग्रेसका नेता राहुल गान्धी जब महिला शौचालय छिरे

भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धी महिला शौचालय छिरेपछि हङ्गामा मचिएको थियो ।

भारतको उदेपुर जिल्लामा २ वर्षअघि कार्यक्रममा उपस्थित गान्धीलाई पिसाबले च्यापेपछि महिला शौचालय छिरेका थिए ।

उनी युवाहरूसँग अन्तरक्रियात्मक कार्यक्रम 'संवाद'का लागि उदेपुर आएका थिए ।

कार्यक्रम सकिएपछि बाटोमा उनी शौचालय छिरे ।

शौचालयमा महिला पुरुष छुट्याउने कुनै चिन्ह थिएन । तर गुजरातीमा महिला र पुरुष भनेर लेखिएको थियो ।

उनले गुजराती पढ्न जानेनन् र महिला शौचालय छिरे ।

शौचालयबाट बाहिर निस्कनेबित्तिकै उनले सञ्चारकर्मी लगायत अन्य धेरै मानिस जम्मा भएर हाँसिरहेको देखे ।

उनले तत्कालै आफूले गुजराती पढ्न नजानेर महिला शौचालयमा गएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्