०९ असार २०८३, मंगलबार

उपत्यकामा सवारीसाधन व्यवस्थापन : ३ तहको रुट प्रणाली

माघ ७, २०७६
उपत्यकामा सवारीसाधन व्यवस्थापन : ३ तहको रुट प्रणाली

यातायात व्यवस्था विभागले उपत्यकाका सडकहरूलाई तीन तहमा प्राथमिकीकरण गरी रुट प्रणाली तयार गरेको छ तर यसको कार्यान्वयनमा ढिलाइ भएको छ । 

एक वर्षअघि सवारी साधनको चाप व्यवस्थित गरी ट्राफिक व्यवस्थापनका लागि नयाँ रुट प्रणाली लागू गर्न सडक प्राथमिकीकरणका आधारमा विभाजन गरिएको थियो ।

रुट व्यवस्थापनका लागि अध्ययन प्रतिवेदन तयार गरे पनि विभागले कार्यान्वयन अझै गरेको छैन् । विभाग कार्यान्वयनको तयारीमा रहेको जनाइएको छ । 

विभागक महानिर्देशक गोगनबहादुर हमालले भने, 'अपडेट गर्दै छौं, जतिसक्दो चाँडो कार्यान्वयनमा लैजाने छौं, कार्यान्वयनमा जाने तयारीमा छौं ।' गोरखापत्र दैनिकमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्