
नेपाली सेनाले विदेशस्थित कूटनीतिक नियोगमा सैनिक सहचारी/सल्लाहकार थप गर्न सरकारसमक्ष प्रस्ताव गरेको छ ।
सेनाले भारत, चीन, पाकिस्तान, बंगलादेश, बेलायत र अमेरिकामा सहचारी र राष्ट्रसंघमा सुरक्षा सल्लाहकार राखेको छ ।
सेनाले रक्षा मन्त्रालयमार्फत थप पाँच ठाउँमा सैन्य सहचारी तत्काल आवश्यक रहेको र मुलुकको कूटनीति समन्वयमा पनि मद्दत पुग्ने भन्दै माग गरेको हो ।
राष्ट्रसंघीय सुरक्षा परिषद्को स्थायी सदस्य राष्ट्रमध्ये फ्रान्स र रसियामा नेपालको सैन्य सहचारी नभएकाले त्यहाँ तत्काल थप गर्नुपर्ने प्रस्ताव सेनाको छ । अन्नपूर्ण पोस्टमा खबर छ ।