
प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलवार बिहान विराटनगरमा निर्मित इन्टिग्रेटेड चेकपोष्टको संयुक्त रूपमा उद्घाटन गर्ने भएका छन् ।
संयुक्त उद्घाटनको कार्यक्रम बिहान ११ बजे तय भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
भिडियो प्रविधिमार्फत इन्टिग्रेटेड चेकपोष्टको संयुक्त उद्घाटन गर्न लागिएको हो ।
ओली र मोदीले आजै नुवाकोट र गोरखामा पुनर्निमित आवास घरहरूको पनि उद्घाटन् गर्नेछन् ।