
१२ गते हुने सभामुखको निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले केहीबेरमा उम्मेदवारी दर्ता गर्दैछ ।
नेकपा स्रोतका अनुसार संसदीय दलका उपनेता सुवास नेम्वाङ प्रस्तावक रहेर अग्नि सापकोटाको उम्मेदवारी मनोनयन दर्ता गराउन लागिएको हो ।
बिहान ११ बजे नै उम्मेदवारी दर्ता गर्न आउने भनेकाले सचिवालयले तयारी गरिरहेको छ । संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ ।
नेपाली कांग्रेसले भने उम्मेदवारी मनोनयनको लागि कुर्न खबर नगरेको सचिवालयका एक अधिकारीले लोकान्तरलाई जानकारी दिए ।
एक मात्र उम्मेदवारी परेमा सापकोटा निर्विरोध सभामुख हुनेछन् । यसको घोषणा भने १२ गते नै संसद् बैठकमा हुनेछ ।