मकवानपुरमा ८ जना भारतीय पर्यटकको मृत्यु भएको छ ।
दामनको एभरेष्ट पानोरमा रिसोर्टमा रात बिताएका ८ जना भारतीय पर्यटकको मृत्यु भएको हो ।
प्रहरी उपरीक्षक सुनिल सिंह राठौर ले एउटै कोठामा राति हिटर बालेर बस्दा ८ जनाको मृत्यु भएको बताए ।
बिहान रिसोर्टका स्टाफले आठै जना बेहोश अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।
ज्यान गुमाउने आठै जना भारतीय पर्यटकको सनाखत भएको छ । केरला राज्यका ३८ वर्षीय रन्जित कप, ३४ वर्षीय इन्द्र, ३७ वर्षीय प्रविण, ३२ वर्षीया सरिया, पाँच वर्षीय बालक अभि, सात वर्षीया बालिका अर्चना, पाँच वर्षीय वैशनव र नौ वर्षीय वन्द्रको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।