अमेरिकाकी एक इन्स्टाग्राम मोडल केलन वार्डले अस्ट्रेलियाको डढेलोबाट कोआलाहरूलाई बचाउनका लागि पैसा उठाउन नग्न तस्वीरहरू मानिसहरूलाई पठाएकी छन् ।
उनले आफ्ना फलोअरहरूलाई पैसा दान गरेमा नग्न सेल्फीहरू दिने वाचा गरेपछि एक लाख डलर भन्दा बढी रकम उठाएकी छन् ।
२० वर्षीया मोडलले डढेलोले ल्याएको विनाश देखेर पैसा उठाउनका लागि नग्न तस्वीर अप्लोड गर्नु उपयुक्त विकल्प हुन्छ जस्तो लागेको बताइन् ।
‘अस्ट्रेलियाको डढेलोका पीडितलाई सहयोग गर्न १० डलर पठाउने प्रत्येक व्यक्तिलाई म आफ्ना नग्न तस्वीर पठाउनेछु,’ उनले शनिवार ट्विटरमा लेखिन् ।
उनले उक्त पोस्ट गरेपछि उनको इन्स्टाग्राम र ट्विटर अकाउन्टका प्राइभेट मेसेजमा सयौं मानिसले दान दिएको पुर्जी (रिसीट) पठाए ।
उनको पोस्ट भाइरल भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले मोडलको यो सोच र प्रतिबद्धताको प्रशंसा गरे ।
तर इन्स्टाग्रामले वार्डको अकाउन्ट डियाक्टिभेट गरेको छ ।
उनले यौनको संकेत दिने विषयवस्तु राखेकाले डियाक्टिभेट गरेको इन्स्टाग्रामले लेख्यो ।
यसका बारेमा उनले ट्विटरमा लेखिन्, ‘त्यो पोस्ट गरेपछि मेरो इन्स्टाग्राम डियाक्टिभेट भयो, मेरो परिवारले मलाई दुत्कार्यो अनि मैले मन पराएको केटो मसँग बोल्नै छोड्यो । तर बाल छैन, कोआलालाई बचाउनुपर्छ ।’
एजेन्सी