२७ असार २०८३, शनिबार

बच्चा पाउन अमेरिका जान खोज्ने महिलालाई रोक्न खोज्दै ट्रम्प प्रशासन

बच्चा पाउन अमेरिका जान खोज्ने महिलालाई रोक्न खोज्दै ट्रम्प प्रशासन

अमेरिकामा डोनल्ड ट्रम्प प्रशासले प्रवेशाज्ञा (भिसा) मा नयाँ प्रतिबन्ध लगाउन खोजेको छ । 

त्यसअन्तर्गत बच्चा पाउनका लागि अमेरिका जान चाहने महिलामा रोक लगाइनेछ । बच्चाले अमेरिकाको पासपोर्ट पाओस् भनी गर्भवती महिलाहरू अमेरिका पुग्ने गरेका छन् । 

अमेरिकाको परराष्ट्र मन्त्रालयले बिहीवार यो नियम जारी गर्ने दुई अधिकारीले बताएका छन् । 

नयाँ नियम आएपछि गर्भवती महिलाले पर्यटक भिसामा यात्रा गर्न कठिन हुनेछ । 

नियमको मस्यौदामा लेखिएको छ– गर्भवती महिलाले भिसा पाउन काउन्सेलर अफिसरलाई अमेरिका जान कुनै अर्को भरपर्दो कारण रहेको बुझाउन सक्नुपर्नेछ । 

त्यसो त ट्रम्प प्रशासनले आप्रवासका सबै किसिममा प्रतिबन्ध लगाउन खोजेको भए पनि ट्रम्पले जन्मजात नागरिकताको विषयमा चाहिँ कडा नीति अपनाएका छन् । नयाँ नियम अन्तर्गत गैरअमेरिकी नागरिकका सन्तानलाई अमेरिकामा जन्मनेबित्तिकै दिइने नागरिकताको अधिकार अन्त्य गरिनेछ । 

विदेशमा गएर बच्चा जन्माउने प्रचलनलाई बर्थ टुरिजम भन्ने गरिन्छ र अहिले यो प्रचलनमा छ । अमेरिकी कम्पनीहरूले यसका लागि विज्ञापन समेत दिने गरेका छन् र होटलको कोठा अनि चिकित्सा सुविधा आदिका लागि भन्दै ८० हजार डलरसम्म पनि असुल्ने गरेका छन् । 

नेपाल लगायत धेरै देशका महिला बच्चा जन्माउन अमेरिका पुग्ने गरेका छन् । तर ट्रम्प राष्ट्रपति बनेदेखि अमेरिकामा यसका विरुद्ध कदम उठिरहेको छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्