
भारतको उत्तर प्रदेशस्थित अमरोहामा एक प्रहरी अधिकारीले इरानमा पसेर तीनवटा कुकुरका छाउरालाई जोगाएपछि सामाजिक सञ्जालमा चौतर्फी प्रशंसा पाइरहेका छन् ।
ती अधिकारीले एक छाउरोलाई उद्धार गरेको तस्वीर पनि ट्विटरमा शेयर भइरहेको छ ।
उत्तर प्रदेशमा आपतकालीन सेवामा समर्पित ट्विटर ह्यान्डल कल ११२ ले तस्वीर शेयर गरेको हो । घटना अमरोहामा भएको अनि गाउँलेहरू तीनवटा छाउरा इनारमा खसेको देखेको ट्वीटमा उल्लेख छ । तर इनारमा सर्पहरू भएकाले कसैले पनि उद्धार गर्ने हिम्मत गरेनन् ।
अमरोहा में एक कुँए में 🐶 के 03 बच्चे गिर गए थे, ग्रामीण एकत्र तो थे पर कुँए में सांप होने की खबर से कोई नीचे जाने की हिम्मत नही जुटा पा रहा थे।#PRV3596 ने अपने जान की परवाह किये बगैर मौके कुँए में उतर कर तीनो बच्चों को सुरक्षित बाहर निकाला। pic.twitter.com/rIu1r45g48
— Call 112 (@112UttarPradesh) January 22, 2020
त्यसपछि ती प्रहरी अधिकारीले इनारमा पसेर छाउराहरूको उद्धार गरेका थिए ।
उनको यो निःस्वार्थ कर्मका लागि प्रशंसा भइरहेको छ ।