२६ असार २०८३, शुक्रबार

उडिरहेको विमानको इन्जिन फेल, ९५ यात्रुको ज्यान जोखिममा

उडिरहेको विमानको इन्जिन फेल, ९५ यात्रुको ज्यान जोखिममा

भारतमा बुधवार राति मुम्बईबाट हैदराबादका लागि उडेको इन्डिगो एयरलाइन्सको एक विमान इन्जिन बिग्रेपछि मुम्बई फर्केको छ । 

विमान ए३२० नियोको प्य्राट यान्ड ह्विट्नी इन्जिन बीचैमा बन्द भएपछि उडेको एक घन्टामै आकस्मिक अवतरण गर्नुपरेको थियो । 

विमान २३ हजार फीटको उचाइमा हुँदा विमानको एक इन्जिनमा चर्को आवाजसँगै कम्पन हुन थाल्यो । त्यसपछि त्यो इन्जिन बन्द गर्नुपरेको थियो । अनि अर्को इन्जिनको सहायता लिई पाइलटले स्थानीय समयअनुसार बिहान १ बजेर ३९ मिनेटमा सुरक्षित अवतरण गरे । विगत दुई वर्षमा इन्डिगो नियोको इन्जिन २२औं पटक बिग्रेको हो । 

घटनाको अनुसन्धान गरिरहेका एक व्यक्तिले नाम नबताउने शर्तमा भने, ‘भुइँमा निरीक्षण गर्दा इन्जिन नम्बर १ को लो प्रेसर टर्बाइन नम्बर ३ खराब पाइयो । उक्त इन्जिनले ४ हजार ६ घन्टा उडान गरिसकेको थियो । विमानको दोस्रो मोडिफाइड इन्जिन उपयोग गरी सुरक्षित अवतरण गरियो । त्यसले ११ सय ९८ घन्टा उडान गरेको थियो ।’

इन्डिगो प्रवक्ताले बताएअनुसार, फ्लाइट नम्बर ६ई–५३८४ मा ९५ यात्री थिए । घटनाको पुष्टि गर्दै उनले प्राविधिक खराबी आएपछि विमानलाई निरीक्षणमा राखिएको बताए । 

यात्रीहरूलाई अर्को विमानमा राखेर हैदराबाद लगिएको थियो ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्