०६ असार २०८३, शनिबार

दैलेखमा ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु

माघ १०, २०७६
दैलेखमा ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु
फाइल फोटो

दैलेखमा भे१त ९७७० नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

भगवतीमाई गाउँपालिका–४ को मन्घरमा शुक्रवार भएको ट्रयाक्टर दुर्घटनामा भगवतीमाई गाउँपालिका–५ का २० वर्षीय भीमबहादुर विकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेस्तडाका प्रहरी सहायक निरीक्षक मनोज कँडेले जानकारी दिए ।

घाइते हुनेमा भगवतीमाई गाउँपालिका–५ कट्टीका १९ वर्षीय सहचालक ललित विक र सोही ठाउँ निवासी २८ वर्षीय चालक दिपक विक रहेका प्रहरीले जनाएको छ ।

घाइतेको टाउको र खुट्टामा चोट लागेको छ । घाइते दुवै जनाको स्वास्थ्य केन्द्र बेस्तडामा उपचार भइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्