२९ असार २०८३, सोमबार

‘गज्जब क्रु’को पहिलो म्युजिक भिडियो सार्वजनिक (भिडियो)

‘गज्जब क्रु’को पहिलो म्युजिक भिडियो सार्वजनिक (भिडियो)

वेभ सिरिजबाट लोकप्रियता कमाएका कलाकारहरु एउटै म्युजिक भिडियोमा देखिएका छन् ।

मेलिना राई र हिमाल सागरको स्वर रहेको गीतको भिडियोमा सहिन प्रजापति, कुशल विष्ट, जिवेशसिंह गुरुङ, सुनिसा बजगार्इं, सरोज ओली एकैसाथ देखिएका हुन् ।

‘मेरी पुतली’ बोलको म्युजिक भिडियो ‘गज्जब क्रु’ को पहिलो प्रस्तुति हो ।

दिपक शर्माको संगीत, घनश्याम ओलीको शब्द रहेको गीतको भिडियो सहिन प्रजापतिले निर्देशन गरेका हुन् । नवराज उप्रेतीको छायाँकन रहेकोे भिडियोलाई अमन मानन्धरले सम्पादन र रेनिश फागोले रंग संयोजन गरेका छन् ।

हेर्नुहोस् भिडियो 

salt training

कमेन्ट गर्नुहोस्