×

NMB BANK
NIC ASIA

कतार सरकारले दिएका १४ करोडका मर्सिडिज बेन्ज गाडी: लौ हेर्नुहोस् यिनको बिजोग

कात्तिक २०, २०७४

NTC
Premier Steels
काठमाडौं, ६ पुस – नेपाल सरकारलाई कतार सरकारले उपहारस्वरूप दिएका १४ करोड मूल्य बराबरका महंगा (मर्सिडिज बेन्ज) गाडी एकवर्षदेखि अलपत्र अवस्थामा राखिएको छ । ती गाडी खुला आकाशमुनि असरल्ल छोडिएका छन् । नियमति सर्भिसिङ (मर्मत सम्भार) गरिएको छैन । गाडी धुलाम्मे देखिन्छन् ।

महिनौंदेखि परराष्ट्र मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको बीचमा रहेको पार्किङ स्थलमा प्रयोगविहीन अवस्थामा ती गाडीलाई राखिएको छ ।
एकवर्षअघि कतार सरकारले नेपाललाई निकै महंगो मुल्यका नौवटा गाडी दिएको थियो । कतारले दिएका आठवटा मर्सिडिज बेन्ज र एउटा जीएल जीप प्रयोग बेवारिसे अवस्थामा छोडिएको हो ।

ती गाडी प्रयोगविहीन मात्रै भएका छैनन्, उचित रेखदेख समेत पाएका छैनन् । गाडी राख्नका लागि गतिलो पार्किङको व्यवस्था गरिएको छैन । ती गाडी अहिले परराष्ट्र मन्त्रालयको अगाडि अव्यवस्थित तरिकाले पार्किङ गरेर राखिएको छ । गाडी पार्क गर्नका लागि सामान्य टहरो समेत बनाइएको छैन ।

परराष्ट्र मन्त्रालयका अनुसार ती गाडीलाई बजारमा किनेको खण्डमा भन्सारसहित डेढ करोड रुपैयाँभन्दा बढी पर्छ । ‘गाडीले उचित स्याहार पाएका छैनन्, यी गाडीको सुरक्षा समेत गतिलो भएन,’ पराराष्ट्र मन्त्रालयका एक सवारी चालकले भने, ‘ल्याएदेखि सर्भिसिङ गरिएको छैन ।’

उनका अनुसार ती गाडीलाई हरेक तीन महिनामा सर्भिसिङ गर्नुपर्छ । नियमित मर्मत सम्भार नहुँदा गाडी थोत्रिँदै जाने खतरा छ । ‘गाडी किनेपछि प्रयोगमा ल्याउनुपर्छ, यत्तिकै थन्काएर राख्नु हुँदैन,’ गाडी छेउमै भेटिएका ती चालकले भने, ‘महंगा यी गाडीको हालत देखेर हामीसमेत चकित परेका छौं । प्रयोगमा नल्याई यत्तिकै थन्काउँदा इन्जिनमा समस्या आउने खतरा पनि छ ।’

कतार सरकारले नेपालमा विशिष्ट पाहुनाका यातायातको गतिलो व्यवस्था नभएको भन्दै यी गाडीहरू उपलब्ध गराएको हो । कतारले दिएका नौ गाडीमध्ये एउटा प्रधानमन्त्री कार्यालयमा लगिएको छ । अर्को एउटा परराष्ट्रमन्त्री प्रकाशशरण महतले चढिरहेका छन् । ‘डेढ करोडका गाडीमा धूलो जमेको छ,’ ती चालकले गाडी देखाउँदै भने, ‘सरकार आफूले नकिनेको भएर स्याहार नगरेको हो कि !’

उनका अनुसार यी गाडीलाई तीव्र गतिमा गुडाइरहनुपर्छ । तर विगत ६ महिनादेखि पराराष्ट्र मन्त्रालय अगाडि थन्किएका यी गाडीले आक्कलझुक्कल बाहेक गुड्न पाएका छैनन् ।

परराष्ट्र मन्त्रालयका सवारी शाखा प्रमुख विष्णु प्रसाद लामिछानेले यी गाडीमा विशिष्ट व्यक्तिबाहेक अरू चढ्न नमिल्ने भएकाले नियमित प्रयोगमा नआएको स्वीकार गरे ।

तर उनले गाडीको अवस्था नबिग्रियोस् भनेर समय—समयमा सिंहदरबारभित्रै गुडाउने गरेको दाबी गरे ।
‘म यहीँ सिंहदरबारभित्र बेलाबखत गुडाउँछु तर त्यतिले पुग्दैन ।

प्रयोगमा ल्याउँदा राम्रो हुने हो तर जो पायो त्यसैलाई चढाउन नमिल्ने भएकाले सोचेजस्तो प्रयोगमा ल्याउन नसकिएको हो ।’ उनका अनुसार मन्त्रीभन्दा तलको मान्छेले यी गाडी चढ्न मिल्दैन ।‘हप्ताको दुईपटक सिंहदरबारभित्रै यी गाडी गुडाउने गरेको छु,’ उनले भने, ‘सधै विशिष्ट पाहुना आउने कुरा हुँदैन । त्यसैले प्रयोगमा नआएका हुन् ।’

मन्त्रालयमा गतिलो पार्किङ गर्ने ठाउँ नभएकोले गाडीलाई खुल्ला आकाशमै राख्नुपरेको उनले बताए ।
‘ल्याएदेखि अहिलेसम्म सर्भिसिङ गरेका छैनौं,’ उनले थपे, ‘सामान्य गाडीलाई जस्तो तीन÷तीन महिनामा सर्भिसिङ गर्नुपर्दैन, बेला भएपछि गाडीको कम्पनी आफैंले जानकारी दिन्छ ।’
उनले गाडीलाई पार्किङ गर्ने टहरा निर्माणका लागि २५ लाख रुपैयाँको टेण्डर आह्वान गर्ने प्रक्रिया अघि बढिसकेको बताए ।

‘कमजोरी के रह्यो भने यी गाडीलाई यसरी महिनौंसम्म खुला आकाशमा राख्न चाहिँ हुन्नथ्यो,’ उनले भने, ‘त्यसैलाई मद्देनजर गर्दै पार्किङस्थल निर्माणका लागि टेन्डर प्रक्रिया अघि बढिसकेको छ ।’

उनका अनुसार अब चाँडै नै गाडीलाई व्यवस्थित पार्किङमा राखिनेछ । तर यी गाडीले नियमित चढ्ने मान्छे चाहिँ पाउनेछैनन् ।

कमल थापा परराष्ट्रमन्त्री भएको बेला एक वर्षअघि यी गाडी कतार सरकारले नेपाललाई हस्तान्तरण गरेको थियो ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x