२१ जेठ २०८३, बिहीबार

हनुमन्ते सफाइ गर्दै मन्त्री बस्नेतले भने – समृद्धि अब धेरै टाढा छैन !

हनुमन्ते सफाइ गर्दै मन्त्री बस्नेतले भने – समृद्धि अब धेरै टाढा छैन !

हनुमन्ते सफाइ अभियानको १०० हप्ता पूरा भएका अवसरमा विशेष कार्यक्रम आयोजना गरिएको छ ।

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतलले हनुमन्ते सफाइ अभियानद्वारा आज राधेराधेमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले मुलुक समृद्धि बनाउने अभिभारा पूरा गर्ने बताए ।

उनले संघीयताको अभ्यास भइरहेको अवस्थामा संघ, प्रदेश र स्थानीय तह मिलेर विकासको अभिभारा पूरा गर्न लाग्नुपर्ने औंल्याउँदै ३ वटै तहको आपसी सहयोग र साझेदारीसँगै एकले अर्काको अस्तित्व स्वीकार्दै विकासमा लम्कनुपर्नेमा जोड दिए । 

पूर्व उद्योगमन्त्री महेश बस्नेतले देशमै नमूना बनेको हनुमन्ते सफाइ अभियानलाई नयाँ अभियानमा सञ्चालनमा गर्ने जानकारी दिए । उनले हनुमन्ते करिडोर निर्माणमा जग्गाधनी कसैलाई पनि नोक्सान नपर्ने गरी हनुमन्ते जग्गा एकीकरणमार्फत सबैलाई क्षतिपूर्ति दिइने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा बागमती प्रदेश सदस्य रजनी जोन्छे, भक्तपुरका प्रमुख जिल्ला अधिकारी होमकला पाण्डे, नेकपाका जिल्ला अध्यक्ष वचन देउजा, मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख अञ्जना मधिकर्मी, गैसस भक्तपुरका अध्यक्ष सोम शर्मा बजगाईं, पहलमान श्रेष्ठ लगायतका अभियन्ताले हनुमन्ते सफाइ अभियानसँगै मनको सफाइ पनि गर्ने बेला आएको बताए ।

हनुमन्ते सफाइ अभियानका उत्प्रेरक रुद्र पौडेलले अब नयाँस्वरुपमा सफाइ अभियान शुरू हुने बताउँदै अभियान निरन्तर जारी रहने भनाइ राखे ।

अभियानमा ९५ हजार जनाभन्दा बढी र २५० भन्दा बढी सामाजिक संघसंस्थाको सहभागिता रहेको अभियानमा १६०० टन फोहर संकलन भएको कार्यक्रममा जानकारी दिइएको छ ।

सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले हनुमन्ते नदी र सडक लगायतका क्षेत्रमा फोहर गर्नेलाई नगरपालिकाले जरिवानासहित कारवाही गरिने बताए ।

‘उठौं, जागौं, हनुमन्ते नदी सफाइमा सबै लागौं’ भन्ने मूल नाराका साथ सरकारको लगानी विना नै २०७४ फागुन १९ गते शनिवार तत्कालीन जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डित र हनुमन्ते सफाइ अभियानका अगुवाइ गर्ने सांसद बस्नेतले संयुक्तरुपमा उद्घाटन गरेको हनुमन्ते सफाइ अभियानले १०० हप्ता पूरा गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्