
चीनको युहान प्रान्तबाट फैलिएको कोरोना भाइरस नेपालमा देखिए पनि आतंकित होइन, सतर्क हुनुपर्ने विज्ञले बताएका छन् ।
शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले कोरोना भाइरसको जोखिमको भयावह हुनाले यसबाट आतंकित हुनुभन्दा सतर्क हुनुपर्ने बताए ।
छिमेकी मुलुक चीनमा महामारीको रूप लिएको भन्दै डा. पुनले नेपाल पनि कोरोना भाइरसबाट प्रभावित हुनसक्ने बताए ।
केहीदिनअघि चीनबाट नेपाल आएका एक विद्यार्थीमा कोरोना भाइरस भएको पुष्टि भइसकेको छ । गोरखापत्र दैनिकमा खबर छ ।