
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले नेपालको क्रान्तिलाई समाजवादी क्रान्तिका रूपमा बुझ्नुपर्ने बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा ‘जनताको जनवादको आधारहरू’ पुस्तक लोकार्पण कार्यक्रममा अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।
विचार र राजनीतिक कार्यदिशा स्पष्ट नभएमा पार्टीले आफ्नो उद्देश्य पूरा गर्न नसक्ने उनले बताए । राजधानी दैनिकमा खबर छ ।