२७ असार २०८३, शनिबार

हुनै लागेको विहेबाट बच्न यस्तो सम्म गरे यी व्यक्तिले

माघ १२, २०७६
हुनै लागेको विहेबाट बच्न यस्तो सम्म गरे यी व्यक्तिले

चीनको आर्थिक राजधानी सांघाईमा एक व्यक्तिले विवाह नगर्न अनौठो उपाय निकाले।

उनले विवाहबाट बच्न चोरी गरे। नाम मात्रको चोरीका लागि उनले एउटा सामान्य स्पिकर चोरेका थिए। 

त्यसपछि उनलाई प्रहरीले गिरफ्तार गर्यो। प्रहरीको सोधपुछका क्रममा मात्र वास्तविक कुरा बाहिर आयो।

ती व्यक्तिको नाम चान भएको प्रहरीले बताएको छ। चानले प्रहरीलाई जानीजानी डान्स स्टुडियोबाट करिब २ सय ५० डलर मुलइको ब्लुटुथ स्पिकर चोरेको बताए, ताकी आफूलाई चोर ठानेर उनकी गलफ्रेन्डले विवाह गर्न अस्वीकार गरून्। 

उनले बताए, मेरी प्रेमीका मसँग विवाह गर्न चाहन्छिन्, तर म त्यस्तो अहिले चाहन्नथें।

चानले सोधपुछका क्रममा भने एक न एक दिन म पक्रिनेछु भन्ने मलाई विश्वास थियो। तर यति चाँडै यो सबै होला भन्ने मलाई लागेको थिएन। म सांघाईबाट धेरै टाढा जान चाहन्थे“। विवाहको दबाबका कारण म अत्यन्तै आक्रोसित थिएँ।

चान अहिलेपनि प्रहरीको हिरासतमा छ। प्रहरीका अनुसार उसले सानो अपराध गरेको हो त्यसैले चाँडै रिहा हुनेछ। यद्यपि यो घटनापछि चान र उनकी प्रेमीकाबीच के भयो भन्ने स्पष्ट हुन सकेको छैन । नेपाल समाचारपत्रमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्