
स्पेनमा आएको ग्लोरिया आँधीका कारण रायनएयरको एक विमानलाई बेस्सरी यताउता हल्लाएको छ । विमान हल्लिएपछि पाइलटले अवतरण रद्द गरेर विमान उडाएका थिए ।
भ्यालेन्सियाको मानिसेस विमानस्थलमा एक व्यक्तिले यो अनौठो दृश्य भिडियोमा कैद गरेका हुन् । यसरी अवतरण गराउन लागिएको विमानलाई फेरि उडाउनुलाई गो–अराउन्ड भनिन्छ ।
भिडियोमा विमान अवतरण गर्नै लाग्दा नाटकीय रूपमा यताउता हल्लिएको अनि पाइलटले विमानलाई फेरि माथि पुर्याएको देखिन्छ ।
स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार, बोइङ ७३७ अर्को विमानस्थलमा अवतरण गर्न पुगेको थियो ।
घटना गत सोमवार भएको हो । त्यतिखेर हावा ६० माइल प्रतिघन्टाको गतिमा चलिरहेको बताइएको छ ।
ग्लोरिया आँधीका कारण भ्यालेन्सिया जाने अनेकौं उडान अन्तै लगिएको वा स्थगित गरिएको थियो । आँधीले कम्तीमा १२ जनाको ज्यान लिएको छ ।