२२ जेठ २०८३, शुक्रबार

गार्ड अफ अनर दिँदा खस्यो सैनिकको टोपी, पुटिनले उठाएर लगाइदिए (भिडियो)

माघ १२, २०७६
गार्ड अफ अनर दिँदा खस्यो सैनिकको टोपी, पुटिनले उठाएर लगाइदिए (भिडियो)

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शनिवार प्यालेस्टाइनको भ्रमण गरे । उनले प्यालेस्टाइनका राष्ट्रपति महमूद अब्बासँग भेटघाट गरे ।

पुटिनको सम्मानमा गार्ड अफ अनर दिइयो । त्यसक्रममा एक जवानको टोपी गार्ड अफ अनर शुरू हुनुअगावै खस्यो । 

पुटिनले खसेको टोपी देखेपछि प्रोटोकल तोडेर टोपी उठाउँदै जवानको शिरमा लगाइदिए । त्यसपछि उनले बूढी औंला पनि उचाले । 

सामाजिक सञ्जालमा पुटिनको यस कार्यको प्रशंसा भइरहेको छ । 


 

salt training

कमेन्ट गर्नुहोस्