
चीनको पर्यटकीय शहर उहानबाट शुरू भएको नोृबेल कोरोना भाइरसको संक्रमण फैलिँदो छ ।
यसबाट २ हजारभन्दा बढी संक्रमित भइसकेका छन् । ५६ जनाको मृत्यु भएको छ । तिब्बत स्वायत्त प्रदेशबाहेक चीनका सबै प्रान्त, शहर र प्रदेशमा यो भाइरस संक्रमित भेटिएका छन् ।
उहानमा सयौंको संख्यामा नेपाली विद्यार्थी अध्ययनरत छन् । भाइरस आतंकका कारण ती नेपालीले जतिसक्दो छिटो स्वदेश फर्किन चाहेका हुन् ।
उनीहरूले बेइजिङस्थित नेपाली राजदूतावाससमक्ष पनि यो आशय राखिसकेका छन् । ‘हामीहरू अहिलेसम्म स्वस्थ छौं, जतिसक्दो छिटो स्वदेश फर्कन चाहन्छौ नेपालमा हामीलाई निगरानीमा राखियोस्, सबै नियम पालन गर्नेछौं तर अहिले यहाँबाट उम्कन चाहन्छौं। हामीलाई केही भएको छैन तर यहाँको हावापानीमा रहँदा कुनै बेला पनि संक्रमित भइन्छ भन्ने डर छ । तनाव बढेको छ ।’ उहानमा रहेका नेपालीले पीडा सुनाए ।
सन् २०१९ डिसेम्बर ३१ मा पहिलो पटक उहानमा देखिएको यो भाइरसले २४ दिनम १ हजारभन्दा बढीलाई संक्रमित बनाएको थियो । अन्नपूर्ण पोस्टमा खबर छ ।