
भारतको महाराष्ट्रस्थित भन्डारा जिल्लामा भीडले बाघलाई घेरेपछि बाघले एक मानिसलाई आक्रमण गरेको छ ।
घटनाको भिडियोमा बाघले उक्त मानिसलाई लखेटेको अनि ती व्यक्ति लडेको र बाघ उनीसँगै बसेको देखिन्छ ।
ती व्यक्तिले तत्काल दिमाग लगाएर मरेको अभिनय गरेका छन् । उनको रणनीति काम लाग्यो किनकि बाघले आक्रमण गरेन । त्यसको केही सेकेन्डपछि भीड बाघतिर दौडिँदै आउँछ र उसलाई भगाउँछ ।
घटना शनिवार भएको हो । त्यसदिन बाघले आक्रमण गरेर दुई अन्यलाई घाइते बनाएको थियो ।
घटनाको भिडियो एक वन अधिकृतले ट्विटरमा पोस्ट गरेका हुन् ।
You want to see how does a narrow escape looks like in case of encounter with a #tiger. #Tiger was cornered by the crowd. But fortunately end was fine for both man and tiger. Sent by a senior. pic.twitter.com/1rLZyZJs3i
— Parveen Kaswan, IFS (@ParveenKaswan) January 25, 2020