२१ जेठ २०८३, बिहीबार

कालापत्थरमा फेशन शो, कायम भयो विश्व कीर्तिमान

कालापत्थरमा फेशन शो, कायम भयो विश्व कीर्तिमान
तस्बिर साैजन्य : नेपाल पर्यटन बाेर्ड।

सगरमाथा (माउन्ट एभरेष्ट) क्षेत्रको कालापत्थरमा फेशन शो गरेर विश्व कीर्तिमान कायम गरिएको छ। 

नेपाल पर्यटन बोर्डका अनुसार आइतबार  सोलुखुम्बुको  कालापत्थरमा ‘द माउन्ट एभरेष्ट फेशन रन वे’ भएकोमा यस शो ले सर्वाधिक उच्चस्थानमा गरिएको फेसन प्रदर्शनी (हाईएस्ट अल्टीट्युड फेसन रनवे) को कीर्तिमान कायम गरेको हो। यो कीर्तिमान गिनिज बुकमा समावेश भएको बताइएको छ।

  ‘काशा’ले भ्रमण वर्ष-२०२० लाई लक्षित गरी आयोजना गरेको कार्यक्रममा विभिन्न मुलुकका १४ मोडेलले सहभागिता जनाएका थिए।

उनीहरु १४ दिनको पदयात्रा गरेर ५ हजार ६ सय ४३ मिटर उचाइँमा पुगेका 
थिए।

उनीहरू जनवरी ३० तारिखमा काठमाडौँ आइपुग्ने बताइएको छ।

salt training

कमेन्ट गर्नुहोस्