२७ जेठ २०८३, बुधबार

बुद्ध एयरले राजविराज-काठमाडौँ उडान गर्ने

बुद्ध एयरले राजविराज-काठमाडौँ उडान गर्ने

बुद्ध एयरले राजविराज-काठमाडौँ सातै दिन उडान गर्ने भएको छ। 

भ्रमण वर्षलाई समेत लक्षित गरेर माघ १८ गतेदेखि नियमित उडान हुन लागेको हो।

 उडान सेवा काठमाडौँबाट राजविराजका लागि ११ बजेर २५ मिनेटमा तथा राजविराजबाट काठमाडौँका लागि १२ बजेर २० मिनेटमा प्रस्थान गर्ने समय तालिका निर्धारण गरिएको बुद्ध एयर राजविराजका स्टेशन इञ्चार्ज अनिल राजवंशीले बताए।

यसअघि राजविराज विमानस्थलमा श्री एयरलाइन्सले साताको तीन दिन उडान सेवा दिँदै आएकामा बुद्ध एयरले भने सातै दिन एक÷एक उडान गर्ने भएको छ ।

प्रारम्भिक चरणमा बुद्धको ४७ सिट क्षमता भएको विमानले उडान भर्ने तथा यात्रुको चापलाई ध्यानमा राखी ७२ सिट क्षमताको विमानले उडान भर्ने जानकारी दिइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्