२१ जेठ २०८३, बिहीबार

रेडियो नेपालका कर्मचारी सवार जीप रोल्पामा दुर्घटना, सात जना घाइते

रेडियो नेपालका कर्मचारी सवार जीप रोल्पामा दुर्घटना, सात जना घाइते

रेडियो नेपालका कर्मचारी सवार जीप रोल्पामा दुर्घटनामा परेको छ।

रेडियो नेपालको रोल्पास्थित एफएम टावर मर्मत गरेर दाङ फर्कदै गरेको बा १ झ ७११७ नम्बरको जीप सोमबार बेलुका ब्रेक फेल भएर सुनिलस्मृति गाउँपालिका ४ स्थित प्रदेशनगर ‘ख’ मा दुर्घटनामा परेको हो।

जीप दुर्घटना हुँदा रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय दाङका कार्यालय प्रमुख लक्ष्मण पाण्डे, प्राविधिक अधिकृत परमेश्वर सुक्ला, इन्जिनियर शोरभ कार्की, वरिष्ठ प्राविधिक अधिकृत सुभास शाह, गीरिराज निरौला, प्रशासकिय अधिकृत मनोज गुप्ता र सवारी चालक श्रीधर थापा घाइते भएका छन्।

घाइतेलाई उपचारका लागि एम्बुलेन्सबाट कोहलपुर लगिएको छ।

 
 

salt training

कमेन्ट गर्नुहोस्