
अतिक्रमित सरकारी, सार्वजनिक र गुठी जग्गाको खोजी गरी फिर्ता ल्याउन शुरू गरिएको छ ।
अतिक्रमण गरी व्यक्तिको नाममा राखिएको ९ सय ४६ रोपनी साता आना जगा सरकारले फिर्ता ल्याइसकेको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले दुई हजार ८ सय २९ वर्गमिटर जगा पनि फिर्ता ल्याइसकेको बताइन् । गोरखापत्र दैनिकमा खबर छ ।