०४ असार २०८३, बिहीबार

संक्रमितबाट कोरोना भाइरस फैलिएको छैन

माघ १४, २०७६
संक्रमितबाट कोरोना भाइरस फैलिएको छैन

नोवल कोरोना भाइरस संक्रमणको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल भर्ना भएका २ जना सोमवार डिस्चार्ज भएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको परीक्षणबाट रिपोर्ट नेगेटिभ आएपछि सोमवार साँझ उनीहरूलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । 

डिस्चार्ज भएकामा एक अमेरिकी नागरिक छन् । चीनबाट आएका उनीहरू शनिवार र आइतवार अस्पताल भर्ना भएका थिए ।

शुक्रवार भर्ना भएकी ५५ वर्षीया महिलाको भने रिपोर्ट आइनसकेको सरुवारोग विशेषज्ञ डा. अनुप वास्तोलाले बताए । उनले भने, ‘डिस्चार्ज भएका दुवै जना पूर्ण रुपमा ठीक छन् ।’

फैलिएको छैन
चीनको हुबईबाट घर फर्किएका प्रयोगशाला प्रमाणीत नोबल कोरोना भाइरस संक्रमित ३२ वर्षीय नेपाली विद्यार्थीबाट हालसम्म कुनै अन्य व्यक्तिमा संक्रमण भएको नदेखिएको चिकित्सकहरूले बताएका छन् । कान्तिपुर दैनिकमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्