१५ असार २०८३, सोमबार

मेगा बैंकबाट पर्सामा आँखा शिविर, सयौं लाभान्वित

मेगा बैंकबाट पर्सामा आँखा शिविर, सयौं लाभान्वित

मेगा बैंक नेपाल लिमिटेडले पर्सामा आयोजना गरेको आँखा शिविरबाट सयौं सर्वसाधारण लाभान्वित भएका छन् । 

नेपाल नेत्र ज्योति संघ, रामकुमार महावीर प्रसाद केडिया आँखा अस्पताल र लायन्स क्लव अफ वीरगञ्ज मिलेनियमसँगको सहकार्यमा मेगा बैंकले पर्सा जिल्लाको बेल्वामा निःशुल्क आँखा शिविर आयोजना गरेको हो ।

शिविरमा २ सय ७५ जनाले आँखा जाँच गराएका थिए । जसमध्ये एक सय जनामा रक्तन्धो भेटिएको थियो । त्यसमध्ये केही बिरामीको शिविरमै निःशुल्क शल्यक्रिया गरिएको थियो । 

नेपालकै अग्रणी बैंकको रुपमा स्थापित मेगा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा विविध कार्यक्रम गर्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्