०७ साउन २०८३, बिहीबार

सभामुख सापकोटालाई ओलीको आश्वासन– 'पूर्ण सहयोग गर्छु'

सभामुख सापकोटालाई ओलीको आश्वासन– 'पूर्ण सहयोग गर्छु'

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वसम्मतरूपमा सभामुख चयन हुनु राम्रो लक्षण भएको बताएका छन् ।

उनले नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई आफ्नो तर्फबाट पूर्ण सहयोग रहने बताए । 

प्रतिनिधि सभाको बैठकलाई मंगलवार सम्बोधन गर्दै प्रधामनन्त्री ओलीले संसद्लाई मर्यादित ढंगले चलाउन सभामुख सापकोटालाई सुझाव दिए । 

‘संविधानको परिपालना र कार्यान्वयन, कानून र नियतसम्मत् ढंगले, मर्यादित ढंगले अगाडि बढाउन सफल हुने विश्वास छ । आफ्नो तर्फबाट पूर्ण सहयोग रहने वचन दिन चाहन्छु,’ ओलीले भने ।

मंगलवार अन्य दलका संसदीय दलका नेताहरूले पनि सभामुखलाई बधाईसहित सम्बोधन गर्ने कार्यक्रम छ ।

salt training

कमेन्ट गर्नुहोस्