०३ असार २०८३, बुधबार

आस्था राउत ४ हजार धरौटी तिरेर रिहा

आस्था राउत ४ हजार धरौटी तिरेर रिहा

सामाजिक सञ्जालमार्फत् प्रहरीलाई गालीगलौज गरेको अभियोगमा पक्राउ परेकी गायिका आस्था राउत ४ हजार धरौटीमा रिहा भएकी छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राउतलाई धरौटीमा रिहा गरेको हो ।

त्यसअघि प्रहरीको रायमा घटनाको अनुसन्धान गरी जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा अभियोगपत्र दायर गरेको थियो ।

सिक्किम जानेक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी जवान रमिता श्रेष्ठले आफूलाई 'तँ' भनेको भन्दै गायिका राउतले फेसबूक लाइभमार्फत् विभिन्न अपशब्द प्रयोग गरेकी थिइन् ।

प्रहरी जवान श्रेष्ठको उजुरीमा राउतविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो । त्यसपछि उनी सोमवार आफैं प्रहरीमा उपस्थित भएकी थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्