
प्रदेश २ को भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झाले राजीनामा दिएकी छिन् ।
उनले मंगलवार मुख्यमन्त्री लालबाबु सर्लाही गएको अवस्थामा राष्ट्रिय जनता पार्टी (राजपा)का संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनाललाई राजीनामा बुझाएकी हुन् ।
प्रदेश सरकारको कामकारवाहीबाट आफू असन्तुष्ट रहेको बताउँदै झाले राजीनामा दिएकी हुन् ।
उनले मन्त्रालयहरू सबै मुख्यमन्त्रीले चलाउन खोज्ने, क्याविनेटबाट पास भएका निर्णयहरू कार्यान्वयनमा अवरोध गर्ने लगायतका आरोप लगाएकी छिन् ।
उनले आर्थिक योजनामन्त्री विजय यादवले अवरोध गर्ने गरेको आरोप लगाएकी छिन् । लोकान्तरसँग कुरा गर्दै झाले आफूले यसरी काम गर्न नसकेको बताइन् ।
डिम्पल झा राजपा अध्यक्षमण्डलका सदस्य अनिल झाकी श्रीमती हुन् ।
