
क्राइमियाको सिम्फेरोपोलमा रहेको एक पसलमा बन्दूक देखाएर लुट्न आएको एक चोरले ढोका खोल्नका लागि लात्ता हान्दा खुट्टो भाँचिएपछि कुनै पनि सामान नलिइकन भाग्नुपरेको छ ।
घटनाको सीसीटीभी सामाजिक सञ्जालमा शेयर गरिएपछि भाइरल बनेको छ ।
फूटेजमा कालो हूडी लगाएको एक पुरुष पुरानो सामान बेच्ने पसलमा पसेर चारजना पुरुष ग्राहकहरूलाई भुइँमा पल्टिन लगाएको देखिन्छ ।
त्यसपछि ऊ ढोकामा लात हान्न थाल्छ र तेस्रोपटक हान्दा उसको खुट्टै बांगिन्छ ।
पीडा भएपछि चोर पसलमा खुट्टा खोच्याउँदै हिँड्छ र ढोकामा गोली हान्छ ।
घाइते भएको चोर त्यसपछि ढोकातिर जान्छ र बिस्तारै बाहिरतिर खुट्टा खोच्याउँदै भाग्छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार, नाम नखुलेको चोरले घटनामा आफ्नो गोडो भाँचेको छ ।
घटना माघ ९ गते भएको हो । प्रहरीले घाइते चोरको खोजी गरिरहेको छ ।