
भारतको नागपुरमा रहेको पार्दी क्षेत्रमा १९ वर्षीया एक किशोरीलाई बलात्कारपछि योनीमा फलामको रड पसाइएको प्रहरीले बताएको छ ।
यो वीभत्स घटना माघ ७ गते भएको र आरोपित योगीलाल राहंगदालेलाई गोन्दिया जिल्लाबाट पक्राउ गरिएको उनीहरूको भनाइ छ ।
आरोपित धागो कात्ने मिलमा सुपरभाइजरका रूपमा काम गर्ने अनि किशोरी चाहिँ त्यहीँ नै कामदार रहेको प्रहरीको भनाइ छ ।
किशोरी, उनका भाइ, आरोपित र एक अन्य किशोरी पार्दीमा डेरामा बस्थे ।
किशोरीका भाइ र साथी काम परेर गाउँ गएको बेलामा आरोपितले आक्रमण गरेको प्रहरी निरीक्षक सुनिल चह्वानले बताए ।
किशोरी घरमा एक्लै हुँदा राहंगदालेले राति बलात्कारको कोशिश गरेका थिए । उनले प्रतिकार गर्दा उनको मुखमा कपडा कोचेको आरोपितले बताए ।
उनी बेहोश भएपछि आरोपितले उनलाई बलात्कार गरेको र योनीमा फलामे रड कोचेको पीडितले दिएको उजुरीलाई उद्धृत गर्दै चह्वानले भने ।
उनले भाइलाई शुक्रवार घटनाको बारेमा बताइन् अनि प्रहरीसमक्ष उजुरी गरिन् ।