१९ असार २०८३, शुक्रबार

यामाहाको अभियान– 'एफआई चढौं कार्बोरेटर छोडौं’

यामाहाको अभियान– 'एफआई चढौं कार्बोरेटर छोडौं’

यामाहा टू ह्वीलर्सको आधिकारिक वितरक मोरङ अटो वर्क्सले आफ्ना ग्राहकलाई मोटरसाइकलमा प्रयोग गरिने फ्यूल इन्जेक्टेड (एफआई) प्रविधि र कार्बोरेटरमा यसले दिने फाइदाका सम्बन्धमा जनचेतना अभिवृद्धि गर्न एक जानकारीमूलक आमप्रचार अभियान अर्को पुस्ता अभियानको थालनी गरेको छ ।

आजको दिनमा फ्युल इन्जेक्टेड (एफआई) इन्जिन एक चिरपरिचित शब्द बनेको छ र धेरैजसो दुई पाँग्रे सवारी साधनहरुमा यो प्रविधि जडान गरिएका छन् ।

यो प्रविधि कार्बरेटरको स्वचालित संस्करण एवं अत्याधुनिक प्रविधि हो, जसले मोटरसाइकलमा जडान गरिएको यसको ८ सेन्सरहरु (क्र्यान्क अवस्था सेन्सर, कूल्यान्ट तापमापक सेन्सर, इन्टेक एयर प्रेसरसेन्सर, थ्रोटल अवस्था सेन्सर, ओटू सेन्सर, लीन एँगल सेन्सर र स्पीड सेन्सर) को मद्दतले काम गर्ने गर्दछ, जहाँ इ.सि.यु. मोनिटरहरुले डाटा प्राप्त गर्दछन् र सोही बमोजिम कारवाही प्रक्रिया शुरु गर्दछ ।

अन्ततः मानव शरीरमा रहेका दिमाग र इन्द्रियहरु झैं मोटरसाइकललाई उत्कृष्ट प्रतिक्रिया प्रदान गर्छ । यद्यपि यामाहाले यो प्रविधिलाई एक दशकभन्दा अघि सन् २००८ को शुरुदेखि नै आफ्नो यामाहा आर १५ को पहिलो उत्पादनबाटै भित्राइसकेको हो र यो प्रविधि एफ जेड सिरिजहरु, आर–सिरिजहरु र हालसालैमात्र प्रस्तुत एमटि १५ मा समेत प्रयोग गरेर उत्कृष्ट प्रविधिको रुपमा प्रमाणित भैसकेको छ ।

यामाहा एक त्यस्तो कम्पनी हो जसले सधैं नै आफ्ना उत्पादनहरुमा नवीनतम् प्रविधिहरुलाई प्रस्तुत गर्दै आएको छ । 

यामाहाको एक मुख्य ब्राण्ड मूल्य नवीनतम प्रविधिहरुको सेरोफेरोको परिक्रमा गर्नु पनि हो ।

भर्खरै, यामाहाले आफ्नो रोडिज स्क्वाडको साथमा नेपालको उच्च पहाडी भेगहरु र उबडखाबड मार्गहरु पार गरेर एक अमिट छाप छोड्न सफल भएको छ । रोडिज स्वाडहरुले आफ्नो यामाहा एफजेड चलाएर ९ दिनभित्र १३०० किमिको दूरी र ३८४० मिटर उचाईको यात्रा तय गरेका छन् । बाइक चालकहरुको चयन उनीहरुको मोटरसाइकलको पर्फरमेन्ससँग मेल खाने उनीहरुको शारीरिक क्षमताको आधारमा गरिएको थियो ।

एफआई प्रविधिको भएको कारण बाइक चिसोमा पनि स्टार्ट गर्न सजिलो भएको थियो भनें मौसम र उचाईमा आएको परिवर्तनले पनि बाइकमा कुनै प्रकारको असर पुगेको थिएन । त्यस्तो स्थान र अवस्थामा पनि मोटरसाइकलले कुनै ठाऊँमा धोका दिएको थिएन भनें आफ्नो लक्ष्यलाई बिना अवरोध पूरा गर्न सफल भएको थियो ।

“हाम्रो लक्षित वर्गहरु मोटरसाइकलमा उच्च सरोकार राख्ने र प्रविधिको हकमा अत्यधिक रुची राख्नेहरु हुनुहुन्छ, यो प्रविधिले कसरी फ्युल इन्जेक्टेड प्रणालीबाट इन्जिनलाई तीव्र वेग र सजिलो स्टार्ट गराउँछ कार्बरेटरभन्दा १४ प्रतिशत बढी माइलेज दिन्छ र कम लागतको मर्मतबाट लाभ दिन्छ भन्ने महत्वपूर्ण जानकारीका बारेमा थाहा पाउनु जरुरी छ,” बजार प्रमुख विक्रम पौडेलले भने ।

अर्को पुस्ता भनेको आउँदो समय हो तर हामी देख्न सक्छौं कि यामाहाले यसलाई आफ्नो प्रविधिका साथ पहिले नै जोडिसकेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्