०१ साउन २०८३, शुक्रबार

जब यी मन्त्रीले भने, ‘नेतालाई पढाइको आवश्यकता हुँदैन' (भिडियाेसहित)

जब यी मन्त्रीले भने, ‘नेतालाई पढाइको आवश्यकता हुँदैन' (भिडियाेसहित)

भारतको उत्तर प्रदेशका कारागार मन्त्री जयकुमार जैकीको विवादास्पद भनाइ सार्वजनिक भएको छ। 

सीतपुर जिल्लाको महमूदाबादमा रहेको सेठ राम गुलाम इन्टर कलेजमा उनले विद्यार्थीमाझ गरेको सम्बोधन भाइरल बनेको हो।  

ती मन्त्रीले पढेलेखेकै व्यक्तिबाट समाजमा गलत माहोल खडा भइरहेको बताए।

उनले त्यति मात्र भनेनन्।  भने, ‘नेता पढेलेखेको हुन जरुरी छैन।’

‘म मन्त्री हुँ, मसँग निजी सचिव, स्टाफ, विभाग र विभागाध्यक्ष हुन्छ,’ उनले भनेका छन्,' नेतालाई पढाइको आवश्यकता हुँदैन ।' 

उनने लक्ष्य तय गर्नुपर्ने बताए। उनले अगाडि भनेका छन्, ‘मलाई नेता बन्नु थियो, त्यसैले पढाईको समयभित्र नेतृत्वमा हुनुपर्ने गुण समावेश गर्न लागेको थिए।’

उनले नेताको ज्ञानसँग उसको डिग्रीको कुनै मतलब नहुने बताए। 
 

हेर्नुस् भिडियाे

 

salt training

कमेन्ट गर्नुहोस्